१.
तिमीलाई हेरिरहनुको मज्जा बेग्लै छ
नजरले घेरिरहनुको मज्जा बेग्लै छ
के खाएर सृष्टि गरे होला ईश्वरले पनि
अंगालोमा बेरीरहनुको मज्जा बेग्लै छ ।
२.
मायाँ भन्दै सक्दो पिर्छौ सोचेकै थिईनँ ।
नमारिकनै मुटु चिर्छौ सोचेकै थिईनँ ।
सजाएर सकीनसकी शिरमा राखेको थिएँ
यति सम्म तल गिर्छौ सोचेकै थिईनँ ।
३.
मनैभरी तस्विर भरेँ गल्ति यति हो
उनको सक्दो भर परेँ गल्ती यति हो
बुझ्दिन दुनियाँले पागल किन भन्छ
मात्र पिरती गाँस्न सरेँ गल्ती यति हो ।
४.
जाडोमा ठिही तुसारो, गर्मीमा घाम ताप्नु पर्छ
राहतका सामग्री पनि यहाँ भिख झैँ थाप्नु पर्छ
नियति हाम्रै उस्तो या राजनीति बुझ्न नसकेको
चुनी नेता बनायो जस्लाई उसैलाई सराप्नु पर्छ ।
५.
छिर्के हान्ने, घिचुक ताक्ने हमला उस्तै छ
हिजो जस्तै आशन अनि चकला उस्तै छ
भन्नेले जमाना परिवर्तन भयो भन्छन् तर
मानवले मानवलाई लिने बदला उस्तै छ ।
वि.सं.२०७७ फागुन १ शनिवार ०७:४० मा प्रकाशित

























