back
CTIZAN AD

कविता: महिमा

वि.सं.२०७७ फागुन १ शनिवार

762 

shares

बाबा पालक हुन् भने प्रकृतिमा आमा दयाकी नदी ।
आमा हुन् जगकी अमोघ सृजना बाबा विकाशोन्मुखी ।।
फाटेका कपडा तुनेर तन ती ढाकी हिँडे सर्वदा ।
फेरेनन् तनका लुगा रहरले फाटेर थोत्रा हुँदा ।।१।।

पीडामा पनि भोक प्यास सहँदै बस्छन् सदा सर्वदा ।
छर्दै स्नेह सुवास ती अधरमा मुस्कान भर्छन् सदा ।।
हाँसो भित्र लुकाउँदै कहर ती वात्सल्यमा भुल्दछन् ।
खेप्दै शोक र भोकका पल सधैँ मातृत्वमा झुल्दछन्। ।२।।

राधा कृष्ण समान पुज्य जगमा बाबा र आमा त हुन् ।
आमा हुन् चरणामृता भुवनकी बाबा शिरोधार्य छन् ।।
बाबाको मुखमा म देख्छु हरि झैँ हाँसेर बोल्दा उनी ।
आमाको तनमा सुता जनककी आराध्य देवी पनि ।।३।।

बाबाले धुपतापको कहरमा पीडा अनेकौँ सहे ।
आमाको सुखदुःखमा रहरका आँखा रसाए बहे ।।
बाले कर्म गरेर उर्वर हुँदै डाँडा र पाखा खुले ।
आमाले पसिना छरेर घरमा चुल्हा अँगेना बले ।।४।।

बाआमा सव तत्व हुन् भुवनमा मायाँ पघारी दिने ।
चन्द्रादित्य भई समग्र जगमा आँखा उघारी दिने ।।
बाबा शब्द अमूल्य हो जगतमा सन्तानका खातिर ।
आमाको महिमा अतुल्य छ सधैँ संसारमा आखिर ।।५।।

वि.सं.२०७७ फागुन १ शनिवार ०७:३६ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...