back
CTIZAN AD

लघुकथा: अदृश्य साम्राज्य

वि.सं.२०७७ फागुन १ शनिवार

687 

shares

‘धरतीको मनोरम बगैंचामा बहुरङ्गी सुन्दर फूलहरु फुलेका हुन्छन्। पृथ्वीमा यही फूलमा घुम्ने भमरा र फूलको कहानीको सेरोफेरोमा मानवसभ्यताको रोमान्चकारी अद्भुत अदृश्य साम्राज्य रचिएको छ ।’ एउटा भमरा यस्तै सोचिरहेको थियो ।

ऊ ! हृष्टपुष्ट र खाइलाग्दो थियो । उसले धेरैदिनदेखि ढकमक्क फुलेको फूलको बगैंचामा भुन्भुनाउँदै मीठो संगीतको वैंसराग छरिरहेको थियो ।
फूलका थुँगाहरु पनि भमरातर्फ आकर्षित थिए । एकदिन उसले एउटा फूलको बोटसँग उनको फक्रिएको थुँगामा बस्न अनुनय आग्रह गर्यो । दुबैका मनमा एकसाथ प्रेमका रोमाञ्चित लहरहरु छचल्किए ।

फूलभित्र पनि यौवनवयको अव्यक्त प्यास थियो । भमराले डालीडालीमा नाचेर रस चुसिरह्यो । फूलथुँगाबाट प्रतिकार भएन समर्पण भयो । यसैबीच किन हो एकदिन भमरा बिहानी झिसमिसेमै उडेर कतै गयो ।

फूलले केहीदिन त प्रतीक्षागरि तर उसको धैर्यता टुट्यो । अरु भमरालाई आमन्त्रणगरि र आफूमाथि मनोमानी गर्न छुटदिई ।

यसरी भमराहरु क्षणिक खेलवाड गर्न फूलको डाली चहार्थे र अभिष्ट पूराभएपछि उडेर अन्यत्र जान्थे । फूलका डालीडालीमा भमराहरुको मनोरञ्जनात्मक तँछाडमछाड चलिरहेको थियो ।

यतिकैमा एकदिन साँझपख हस्याङ्फस्याङ् गर्दै पहिलो भमरा आइपुग्यो । सामुन्नेको दृश्यदेखेर ऊ ज्यादै दुःखी र खिन्न भयो । फूलको डालीमा अर्कै भमराको राजचलेको थियो ।

पहिलो भमरासँग फूलले प्रश्नगरि !! ‘तिमी कहाँ गएका थियौ यतिकादिन ?’

‘छिट्टै आइहाल्छु भनेर तिमीलाई नौलो सर्प्राइज उपहार लिन स्वर्गको बगैंचासम्म गएको थिएँ । प्रेमका दुश्मन दुष्टहरुले मलाई घेरामा पारेर बन्दी बनाए । निकैलामो संघर्ष र प्रयासपछि मात्र बाँचेरआउँन सफल भएँ ।’

भमराको शरीरभरि नीलाडाम र चोटैचोट लिएर आएको पहिलो भमराको उत्तर थियो ।

फूलको डालीमा बसेर मुस्कुराउदै गरेको भमरातर्फ देखाउदै पहिलो भमराले फेरि भन्यो ।

‘ती आक्रमणकारी निर्दयी दुष्टहरुमध्ये एउटा महादुष्ट यो पनि थियो ।’

तर फूलको अनुहारमा तत्काल कुनै पश्चाताप र प्रतिक्रियाका तरङ्ग उठेनन् । पहिलो भमरा निराश र निन्याउरो अनुहार लिएर त्यहाँबाट उड्यो ।

पहिलो भमरा गएको केहीदिनपछि नै फूलथुँगा ओइलाउदै गएको देखेर अर्को भमरापनि फूलकोडाली छोडेर सधैंका लागि टाढा गयो ।

 

वि.सं.२०७७ फागुन १ शनिवार ०७:४५ मा प्रकाशित

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...