२ फागुन, काठमाडौँ । विवेकशील साझा पार्टीले संचार तथा सूचना प्रविधि विभागको विस्तार गरेको छ ।
जसअनुसार विभाग प्रमुखमा प्रकाशचन्द्र परियार, उपप्रमुखमा हरीशप्रसाद भट्ट, पदेन सदस्यमा शरदराज पाठक र दीपकप्रसाद उप्रेती रहेका छन् । त्यस्तै सदस्यमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकारण, सुर्यदीप रेग्म, उदयराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन रहेको छन् ।
संचार विभागको जिम्मेवारी बमोजिम पहिलो चरणको विभागीय समिति विस्तार गरिएको संचार, सूचना तथा प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले जानकारी दिए ।
वि.सं.२०७७ फागुन २ आइतवार १५:१० मा प्रकाशित





























