back
CTIZAN AD

मुख्यमन्त्री राईलाई कांग्रेसले पनि दिएन साथ, वार्षिकोत्सवलाई सबै दलले गरे बहिस्कार

वि.सं.२०७७ फागुन ३ सोमवार

807 

shares

फागुन ३, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्व अविश्वासको प्रस्ताव मात्रै दर्ता भएको छैन् उनी अल्पमतमा पुगेको पनि स्पष्ट भएको छ । सोमबार राई सरकारले मनाएको तेस्रो वार्षिकोत्सव कार्यक्रमलाई प्रचण्ड–नेपाल समूहसहित प्रतिपक्षी कांग्रेसले पनि बहिस्कार गरेसँगै यस्तो देखिएको हो ।

कांग्रेसले हालसम्म कुन पक्षलाई समर्थन गर्ने भन्ने निष्कर्ष निकालेको छैन् । तर, राई सरकारको वार्षिकोत्सवलाई बहिस्कार गरेसँगै कांग्रेस पनि उनको विपक्षमा रहेको स्पष्ट देखिएको छ ।

प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्कीका अनुसार संसद छल्दै हिँड्ने सरकारलाई समर्थन गर्नु आवश्यक नठानेर कांग्रेसले बहिस्कार गरेको हो । उनका अनुसार वार्षिकोत्सव कार्यक्रम सरकारको नभई राई समूहको हो ।

अविश्वास प्रस्तावमाथि निरन्तर अवरोध पुर्याउँदै

मुख्यमन्त्री राईविरुद्व प्रचण्ड–नेपाल समूहले गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । नेकपा विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहका ३७ सांसदले उनीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर, उक्त प्रस्तावलाई मुख्यमन्त्री राईले निरन्तर अगाडि बढ्न अवरोध पुर्याउँदै आएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिना पुग्नै लाग्दा पनि प्रस्तावमाथि छलफल हुने स्थितिसमेत बनेको छैन् ।

राईको दबाबमा उनीसमर्थित सभामुखले निरन्तर प्रदेश सभाको बैठक स्थगित गर्दै आएका छन् । बैठक आगामी फागुन ९ गतेका लागि बोलाइएको छ । तर, राई पक्षले भने अविश्वासको प्रस्ताव टेवल गर्ने र छलफल अगाडि बढाउने गतिविधि अगाडि बढाइएको अवरोध गर्ने चेतावनी दिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा राईको पक्षमा ३० जनामात्रै सांसद छन् । तर, बहुमत पुर्याउन राईलाई ४७ सांसदको आवश्यक पर्दछ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १२:०२ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...