back
CTIZAN AD

ओली समूह छाड्दै हृदयेश त्रिपाठी, मधेशमा प्रभाव जमाउने ओलीको योजना संकटमा

वि.सं.२०७७ फागुन ३ सोमवार

744 

shares

फागुन ३, काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णयप्रति असन्तुष्ट रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ओली समूह छाड्ने भएका छन् । सार्वजनिक सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले यस्तो कुराको खुलासा गरेका हुन् ।

त्रिपाठीले आफुँ नयाँ पार्टीको गठनमा पनि लागेको कुरा खुलासा गरेका छन् । एक अनलाईन सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले पार्टी निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको समेत बताए ।

त्रिपाठी गत २०७४ मा भएको आम निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लडेका थिए । राष्ट्रिय जनता पार्टी परित्याग गरेका उनले सुर्य चिन्हबाट चुनाव जितेलगत्तै नेकपामा प्रवेश गरेका थिए ।

नेकपा विभाजन हुँदै गर्दा ओली नजिक देखिएका त्रिपाठीले सार्वजनिक रुपमै प्रतिनिधि सभा विघटनको भने विरोध गर्दै आएका छन् । उनले विघटन ‘दुर्भाग्यपूर्णं रहेको’ बताउँदै आएका छन् । त्रिपाठीले संसद पुनस्र्थापनाले मात्रै देशलाई निकास दिने पनि बताउँदै आएका छन् ।

स्वतन्त्रलाई समेटेर क्षेत्रीय पार्टी बनाउने तयारी

लामो समय मधेश केन्द्रीत राजनीतिमा सहभागी भएका त्रिपाठी ओली समूह छाड्दै नयाँ मधेश केन्द्रीत पार्टीको गठन गर्ने तयारीमा पुगेका छन् । उनले मधेश केन्द्रीत तर, कुनै पनि पार्टीमा आबद्ध नभएका नेताहरुलाई समेट्ने तयारी गरेको बुझिएको छ ।

जनाइएअनुसार राजपा छाडेका नेता बृजेशकुमार गुप्तासँग पनि त्रिपाठीले छलफल चलाईरहेका छन् । जनता समाजवादी पार्टी (जसपा)को गठनप्रति असन्तुष्ट नेताहरुलाई त्रिपाठीले एकताबद्ध गराउने योजना अघि सारेको बुझिएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १२:४७ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...