back
CTIZAN AD

महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पठाएर मानब बेचबिखनमा संलग्न पर्वतका सुवेदी पक्राउ

वि.सं.२०७७ फागुन ३ सोमवार

816 

shares

३ फागुन, काठमाडौं । श्रीलंका पु¥याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका ३ घर भई पर्वत कुस्मा नगरपालिका(२ बस्ने सुबेदी कान्छो, खेम सुबेदी भन्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुबेदीले बैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले एक महिलालाई कुवेतमा घरायसी काममा पठाउने र पैसा खर्च हुँदैन भन्दै श्रीलंका पुर्याएका थिए ।
२०७६ सालमा पासर्पोट समेत आफ्नै खर्चमा बनाइदिएर नेपालको एयरपोर्टबाट जान नमिल्ने हुनाले भारतबाट जानुपर्छ भन्दै ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पु¥याएका थिए ।
श्रीलंका पु¥याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पु¥याई बन्धक बनाई राखेको र श्रीलंकन प्रहरीले जाँचगर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा परेकी थिइन् उनी ।
श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा २०७७ मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

वि.सं.२०७७ फागुन ३ सोमवार १६:१८ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...