back
CTIZAN AD

डिजेल चोरी गर्ने तीनजना पक्राउ

वि.सं.२०७७ फागुन ४ मंगलवार

681 

shares

४ फागुन, बाग्मती । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।

ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

पक्राउ परेकामध्ये सोही ट्याङ्करका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिए । वीरगञ्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्याङ्करसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही प्रक्रिया शुरु भएको उनले बताए । नेपालभन्दा भारतमा डिजेल सस्तो छ ।
रासस

 

वि.सं.२०७७ फागुन ४ मंगलवार १०:३१ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...