back
CTIZAN AD

मुख्यमन्त्री राउतद्वारा सरस्वती पूजाको शुभकामना

वि.सं.२०७७ फागुन ४ मंगलवार

837 

shares

४ फागुन, जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उनले स्रष्टा, सर्जक तथा अध्येताहरुलाई आ–आफ्ना विद्यामा थप ऊर्जा प्रदान गरून भन्ने कामनासमेत गरेका छन् । उनले विज्ञप्तिमा विद्याको क्षेत्रमा पछाडि परेका वर्ग र समूदायलाई शिक्षा ग्रहण गर्न प्रेरित गरून भन्ने कामनासमेत गरेका छन् ।

वसन्तपञ्चमी उत्साहका साथ मनाइँदै

वसन्त ऋतुको आगमनका साथ विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको आज बिहानैदेखि पूजापाठ भइरहेको छ ।

ज्ञान, बुद्धि र विवेकका लागि श्रद्धाका साथ जनकपुरधामलगायत विभिन्न ठाउँका साथै घर–घरमा विद्यार्थीका साथै कलमजीवीहरुले ज्ञान, बुद्धि र विवेकका लागि विद्याकीदेवी सरस्वतीको अपार श्रद्धाका साथ पूजापाठ गरिरहेका छन् ।

धार्मिक एवं सांस्कृतिक पर्व रुपमा मनाइने वसन्तपञ्चमीमा सरस्वती मन्दिरका साथै विभिन्न टोलमा माटोको कलात्मकमूर्तिमा आज विधिवत् रुपमा प्राण प्रतिष्ठा गरी उत्साह एवं उल्लासमय वातावरणमा पूजापाठ गरिरहेका छन् । विद्यार्थीहरुले बिहानै स्नान गरी आ–आफ्ना घरमा पुस्तक र कलमको अनिवार्य रुपमा पूजा गर्ने गर्छन् । सो अवसरमा बुनिया, बयर र शखरखण्ड र सुन्तला अनिवार्य रुपमा प्रसादको रुपमा चढाउने गरिन्छ ।

हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्लपञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवीसरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।

सोही कारणले आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीहरु यो पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । आजका दिन ज्ञान बुद्धि र उन्नतिका लागि बालवालिकालाई अक्षराम्भको शुभारम्भ पनि गरिन्छ । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभ कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।
रासस

वि.सं.२०७७ फागुन ४ मंगलवार ११:५५ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...