back
CTIZAN AD

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२१’ का छनौट प्रतियोगीहरुलाई प्रशिक्षण दिँदै (फोटो फिचर)

वि.सं.२०७७ फागुन ४ मंगलवार

663 

shares

काठमाडौं । सिजन मिडियाद्वारा आयोजित बिबाहित महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणमा २३ प्रतियोगीहरु छनौट भएका छन् ।

May be an image of 10 people, people standing and indoor

बिबाहित महिलाहरुले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितालाई सिजन मिडियाले निरन्तरता दिँदै चौथो संस्करणका लागि तयारी पूरा भएको सिजन मिडियाले जानकारी दिएको छ ।

May be an image of 7 people, people standing and indoor

सिजन मिडियाका अनुसार ‘महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरि सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरेको हो ।

May be an image of 8 people, people standing, people dancing and indoor

विगत एघार वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ४ वर्षदेखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ ।

May be an image of 1 person, standing and indoor

छनौट भएका प्रतियोगीहरुलाई माघ १८ गते देखि प्रशिक्षण दिइरहेको छ । सो क्रममा शारारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिँदै तथा हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइँदै छ ।

May be an image of 10 people, people standing and indoor
विभिन्न सामाजिक संस्थाहरुको बारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गरिरहेकी छिन् ।

May be an image of 8 people, people dancing, people standing and indoor

यो कार्यक्रम यहि फागुन १७ गते सम्पर्न हुनेछ । कार्यक्रममा सहभागी भएर प्रथम हुनेलाई लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१ को ताजसहित फ्रिज तथा सिंगापुर भ्रमणका लागि हवाइ टिकट प्रदान गरिने छ भने फष्ट रनरअप र सेकेन्ड रनरअपलाई पनि क्रमशः टिभि ,भ्याकुम र सिंगापुर भ्रमणका लागि हवाई टिकट प्रदान गरिने छ ।

May be an image of 7 people, people standing and indoor

तीन जना विजेतालाई लेट मिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।

May be an image of 1 person, standing and text that says 'Me MRS. BEAUT QUEE 1'

May be an image of 1 person, standing and outdoors

May be an image of 21 people, people standing, indoor and text that says 'MRS. BEAU'

May be an image of 3 people, people standing and outdoors

वि.सं.२०७७ फागुन ४ मंगलवार ११:५१ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...