back
CTIZAN AD

प्रतिगमनका विरुद्धमा १९ भाइ

वि.सं.२०७७ फागुन ५ बुधवार

750 

shares

५ फागुन, लम्जुङ । नेकपा जिल्ला कमिटी लम्जुङको विभिन्न तहमा रहेर क्रियाशिल १९ जनाले प्रतिगामी कदमका विरुद्धमा शसक्त रुपमा लाग्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलिले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी आफूलाई संविधानभन्दा माथि राखेर तानाशाह बन्ने कोशिस गरेको उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलन गर्दै उनीहरुले यस प्रकारको प्रतिगमनकारी हर्कतको भण्डाफोर गर्दै प्रतिगमन विरुरुद्धको संघर्षमा मूलप्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)द्वारा संचालित संघर्षका कार्यक्रममा विचलित नभइ प्रतिगामी कदमको विरुद्ध हुने आन्दोलनका पक्षमा उभिने ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

जनाधिकारको रक्षाका निम्ति संचालित संघर्षका कार्यक्रमहरुलाई अझ शसक्त बनाउन पनि उनीहरुले लम्जुङवासी लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिक अपिल गरेका छन् ।

प्रतिगमन विरुद्ध एकताबद्ध जाहेर गर्नेहरुमा नेकपा जिल्ला कमिटी सदस्य तथा तत्कालिन नेकपा(एमाले) जिल्ला कमिटी सचिवालय सदस्य राइनास न.पा. १ का ऋषिकेश घिमिरे, तत्कालिन नेकपा(एमाले) जिल्ला सल्लाहकार परिषद् लम्जुङ अध्यक्ष लगायत रहेका छन् ।

वि.सं.२०७७ फागुन ५ बुधवार १८:०१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...