back
CTIZAN AD

फेकन निर्वाचनमा तामाङ पक्षको उम्मेदवारी बिधान विपरीत भएको आरोप

वि.सं.२०७७ फागुन ५ बुधवार

747 

shares

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को अधिवेशनका लागि भुपाल तामाङ पक्षले बिधान बिपरित उम्मेदवारी घोषणा गरेको नेपाल पक्षका उम्मेदवारले आरोप लगाएका छ्न । बिधान अनुसार २ जना निर्वाचनबाट र २ जना निर्वाचित कार्यसमितिले मनोनीत उपाध्यक्ष चयन गर्नुपर्ने व्यवस्था विपरीत तामाङ पक्षले ४ जना उपाध्यक्षको उम्मेदवारी सार्वजनिक गरेको उनीहरुको आरोप छ ।
हेर्नुहोस फेकनको उपाध्यक्ष चयन सम्बन्धि व्यवस्था

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फेकनको आगामी अधिवेशनका लागी भुपाल तामाङ्ग अध्यक्ष पदमा रहनेगरी  उपाध्यक्षमा रामशरण ढकाल, लवराज मैनाली(पवन), दिपक सिलवाल, अमितबाबु ढुंगाना, महासचिवमा राजु निरौला, सचिवमा छविन्द्र ओझा र उमेश कुशवार, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल र कार्यसमिति सदस्यहरुमा किशोर दुलाल, रेश्मा राजथला थापा, इन्द्रजित गौतम,शेरबहादुर बस्नेत,दिपेन्द्र कुँवर र सलाम सिंग योन्जनले उम्मेदवारी घोषणा गरेका छन ।

फेकनको आगामी अधिवेशनका लागि नेपाल पक्षबाट महासचिवको पदमा उम्मेदवारी दिएका बिपिन केसीले तामाङ पक्षले सार्वजनिक गरेको उम्मेदवारी फेकनको परम्परा र बिधान विपरीत भएकोले निर्वाचन समितिले आवश्यक कारवाही गर्नुपर्ने बताए । फेकनको निर्वाचन यहि फाल्गुन ८ गते काठमाडौंमा हुने भएको छ जसको लागि बासुदेब नेपाल नेतृत्वले पनि आफ्नो उम्मेदवारीको प्यानल सार्वजनिक गरिसकेको छ । फेकनले अधिवेशनको लागि उम्मेदवारी मनोनयन देखि निर्वाचनको तालिका घोषणा गरिसकेको छ ।

वि.सं.२०७७ फागुन ५ बुधवार २०:४७ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...