back
CTIZAN AD

बुद्धिजीवी तथा पेशाकर्मीहरु महांकालदेखि भोटाहिटीसम्म उभिने

वि.सं.२०७७ फागुन ५ बुधवार

684 

shares

५ फागुन, काठमाडौँ । प्रतिगमन विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका बुद्धिजीवी तथा पेशाकर्मीहरुले बिहिवारको आन्दोलनमा सक्रिय सहभागिता जनाउने भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक तथा संघर्ष समितिका संयोजक कृष्ण केसीका अनुसार बिहिवारको मानवसाङ्लो कार्यक्रममा बुद्धिजीवी तथा पेशाकर्मीहरु महांकालदेखि विर अस्पताल हुँदै भोटाहिटीसम्म उभिने छन् ।

प्रतिगमनका विरुद्ध सक्रिय रहेको सो संगठनका केन्द्रीय संयोजक डा. दिनेशचन्द्र देवकोटाले आम बुद्धिजीवी तथा पेशाकर्मीहरुको व्यापक उपस्थिति र नियमित क्रियाशिलताले प्रतिगमन परास्त हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठनले प्रतिगमनको विरोधका क्रममा संगठनको तर्फबाट प्रेस विज्ञप्ति जारी, पुस १४ को विरोध प्रदर्शनमा सक्रिय सहभागिता, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया, पेशाकर्मी बुद्धिजीवीहरुसँगको सहकार्यमा संयुक्त अपिल प्रकाशन तथा विभिन्न जनप्रदर्शनमा सक्रिय सहभागिता जनाइरहेको छ । केसीले फागुन ६ गते बिहिवार ठिक ३.४५ भित्र महांकाल मन्दिर अगाडि बुद्धिजीवी तथा पेशाकर्मीलाई उपस्थित हुन अनुरोध गरेका छन् ।

वि.सं.२०७७ फागुन ५ बुधवार २०:५६ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...