मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।
बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ । खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ । सामाजिक प्रभाव पनि बढ्नेछ । आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । भौतिक उपलब्धिले उत्साह जगाउनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काम रोकिनाले परिस्थिति केही असहज बन्नेछ । स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । व्यावहारिक समस्याले कामको मेसो मिलाउन नसकिएला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । गोपनीयतामा अलि सजग रहनुहोला ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ । औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ । आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले काम बन्नेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । परिस्थितिले प्रतिपक्षीहरू नै सहयोगी बन्नेछन् । विश्वास नलागेको काम समेत बन्न सक्छ । चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । प्रतिष्ठित काम शुभारम्भ हुनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले उत्साह जगाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
२०७७ फागुन ६ गते, बिहीवार, (१८ फेब्रअरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (बुधबार) को राशिफल भन्छ-आज यी ८ राशिकालाई हुनेछ विशेष फाइदा !
वि.सं.२०७७ फागुन ६ बिहीवार ०७:४५ मा प्रकाशित




























