back
CTIZAN AD

नेकपाको प्रचण्ड-माधव समूहले आज मानव साङ्लो बनाएर टुडिखेल घेराउ गर्ने

वि.सं.२०७७ फागुन ६ बिहीवार

747 

shares

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले आज मानव साङ्लो बनाएर टुडिखेल घेर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते प्रतिनिधिसभा विघटन भएसँगै त्यसलाई अलोकतान्त्रिक र असंबैधानिक कदम मान्दै त्यसको विरोधमा विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

सो समूद्धारा फागुन २ गते घोषणा गरिएको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज दिउँसो प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुडिखेल वरिपरी दिउँसो ४ देखि ५ बजेसम्म (१ घण्टा) मानव साङलो बनाएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

उक्त मानब साङ्लोका लागि भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म मजदूर नेता तथा कार्यकर्ता, रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीका नेता तथा कार्यकर्ता तथा विद्यार्थी संगठनका नेताहरुका लागि भद्रकालीदेखि सुन्धारासम्म स्थान तोकिएको छ ।

यस्ता छन् आगामी कार्यक्रमहरु

फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम गरिने ।

फागुन ७ देखि १५ गतेसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलहरुमा हस्ताक्षर कार्यक्रम गर्ने । प्रत्येक वडामा सो पक्षका कमिटीहरुले हस्ताक्षर संकलन गर्ने । जनवर्गीय, पेशागत र वुद्दिजीवी संगठनहरुले पनि हस्ताक्षर अभियानमा सहिभागी हुनेछन् ।

फागुन ८ गते काठमाडौंमा पेशागत र वुद्दिजीवी संगठनहरुको आयोजनामा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने । यो अन्तरक्रियामा आन्दोलनमा रहेका सबै राजनीतिक दल र बिभिन्न बौद्धिक समुदायको उपस्थिति रहनेछ ।

फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध उपत्यका र जिल्लास्तरीय रुपमा देशव्यापी रुपमा महिलाहरुको विरोध कार्यक्रम आयोजनागर्ने ।

फागुन १० गते काठमाडौं र अन्य जिल्लामा दलित मोर्चाहरुद्धारा विरोधका कार्यक्रम आयोजना गर्ने ।

फागुन ११ गते मधेशी आदिवासी, जनजाति महिला, मुस्लिम थारु, लगायतका उत्पीडित समुदायको सास्कृतिक पहिचान सहितको विरोध कार्यक्रमको आयोजना गर्ने ।

फागुन १२ गते चितवन र फागुन २१ गते दाङमा ठूलो जनप्रदर्शन गर्ने बताइएको छ । साथै जनकपुर र नेपालगन्जमा ठूलो विरोध प्रदर्शन गरिने र त्यसको मिति पछि तोकिने बताइएको छ ।

फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्यालीको आयोजना गर्ने ।

फागुन १५ गते किसान, सुकुम्वासी मोर्चाको आयोजनामा काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ ।

सो पक्षले यसअघि पुष १४ गते, माघ ९ गते र माघ २८ गते विशालरुपमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । त्यसैगरी काठमाडौं बाहिर प्रदेश नं १ को विराटनगरमा, लुम्निी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा, सुदूरपश्चिमको धनगढी लगायतमा वृहत् प्रदर्शन सम्पन्न गरेको छ ।

 

वि.सं.२०७७ फागुन ६ बिहीवार १०:२७ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...