back
CTIZAN AD

गाउँपालिकाद्वारा स्वच्छ खानेपानीका लागि फिल्टर वितरण

वि.सं.२०७७ फागुन ६ बिहीवार

747 

shares

६ फागुन, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । ‘सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिनामुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो ।

स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए ।

‘‘पोषणका कारणले कुषोषणलगायतका अन्य समस्या नआउन भनेर स्वच्छ खानेपानी खानका लागि फिल्टर वितरण गरिएको छ’’, उनले भने, ,“सुनौला हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा पनि वितरण गर्दै आएका छौं ।”गाउँपालिकाभरि ६२५ आमालाई यस पटक फिल्टर वितरण गरिएको उनले बताए ।

उनले भने,“सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्यमा सुधार मातृ मृत्युदरमा पनि कमी आउनेछ ।”दुर्गम पहाडी क्षेत्रमा पोषिला खानेकुरा नहुँदा विशेष गरी बालबालिकालाई कुषोषण भएको पाइएको छ । बालबालिकामा कुपोषण हटाउनका आमालाई जानकारी दिने कार्यक्रम सञ्चालनमा रहेको उपाध्यक्ष बुढाको भनाइ छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १२:०० मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...