६ फागुन, युके । युकेमा एक नेपाली महिलाको निधन भएको छ ।
७९ वर्षीया यामकली थापा मगरको युकेस्थित फ्रिम्ली पार्कमा उपचारका क्रममा मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघ युकेकी पूर्वआइसीसी सदस्य शान्ति थापा कुँवरकी आमा यामकली मगरको फेब्रअरी १३ का दिन उपचारका क्रममा मृत्यु भएको हो ।
एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरले दुःख व्यक्त गदै परिवारमा समवेदना व्यक्त गरेका छन् ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १५:१६ मा प्रकाशित






























