back
CTIZAN AD

सबै योद्धाहरुलाई यथायोग्य सम्झना, श्रद्धा र सलामी

वि.सं.२०७७ फागुन ७ शुक्रवार

777 

shares

२००७ सालमा नेपाली जनताको बलिदानपूर्ण संघर्षद्वारा तत्कालीन जहानियाँ निरङ्कुश राणाशासन समाप्त गरिई प्रजातन्त्र आएको अर्थात् राणाहरुको जहानियाँ हुकुमी शासन अन्त भएर जनताको शासनव्यवस्था स्थापना भएको भनिएको दिन ।

यद्यपि आजको दिनमा आएको यो प्रजातन्त्रलाई तत्कालीन दुई तिहाईको नेपाली काङ्ग्रेस र उसको सरकारका देसघाती र जनविरोधी अराजक र अहङ्कारयुक्त गतिविधिहरुलाई निहुँ बनाई राजा महेन्द्रले दस वर्ष पुग्दा(नपुग्दै २०१७ सालमै टेक ओभर गरेर पुनः निरङ्कुश राजतन्त्रात्मक पंचायती शासनव्यवस्था लादेका थिए, तथापि ३० वर्षपछि पुन:उक्त निरङ्कुश पंचायती व्यवस्था पनि वाम तथा प्रजातान्त्रिक शक्तिहरुको २०४६ सालको संयुक्त जनआन्दोलनद्वारा २०४७ मा फ्याँकिएको थियो तर केही अधिकारसहित संवैधानिक राजतन्त्र अझै कायमै रहेको थियो ।

तर विडम्बना, तत्कालीन संसदवादी राजनीतिक पार्टिहरु र तिनका सरकारहरुका उनै र उस्तै राष्ट्रघाती र जनघाती कृयाकलापहरुका कारण देश र जनता पीडित भएपछी त्यसबाट मुक्तिको लागि एकातिर जनवादी गणतन्त्र प्राप्तिको निम्ति भन्दै माओवादीद्वारा जनयुद्ध नै संचालन गरिएको थियो भने अर्कातिर पार्टी र सरकारहरुका यिनै गतिविधिहरुलाई निहुँ बनाएर राजा ज्ञानेन्द्रद्वारा २०६१ माघ १९ मा फेरि ‘कू’ गरिई राजाको प्रत्यक्ष शासन थोपरिएको थियो । तत्पश्चात २०६२/६३ मा माओवादी र अन्य सात संसदवादी राजनीतिक दलहरुले १२ बुँदे सहमती गरी गरेको संयुक्त र सशक्त १९ दिने जन आदोलनबाट हालको यो लोकतान्तृक गणतन्त्र ल्याइएको हो । यसक्रममा सहिद हुने प्रथम सहिद लखन थापादेखि शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द हुँदै विभिन्न आन्दोलन, महान् जनयुद्ध, संयुक्त जन आन्दोलन र २०६४ को संविधानसभाको निर्वाचनरुपी आन्दोलनलगायत हालसम्म देसैभर भएका दसौं हजार शहीदहरु, दन्डपाणी न्यौपाने लगायतका हजारौं बेपत्ता योद्धाहरु, हजारौं हजार घाइते/अपाङ्ग र बलात्कृत बीरवीराङ्गणाहरु लगायत विभिन्न क्षेत्रबाट त्याग, तपस्या, बलिदानद्वारा क्रान्ती र मुक्तिलाई योगदान गर्नुभएका सम्बन्धित सबै योद्धाहरुलाई यथायोग्य सम्झना, श्रद्धा र सलामी गर्न चाहन्छु ।

साथै क्जष्ख त्जबउब को आजका सन्दर्भमा गतसाल आजैको दिनको उयकत को अंश ‘आज ६८ बर्ष बितिसक्दा पनि यो वा त्यो नाममा जहानियाँ परम्परा कायम गर्न चाहने बर्तमानमा कायम प्रयासप्रति सचेत रहन सम्पूर्ण देशवासी दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु’ लाई विशेष मनन गरी काम गर्न सम्बन्धित सबैलाई म हार्दिक आग्रह गर्न चाहन्छु ।

कुनै पनि ब्यक्ती वा पार्टीरसंस्था तत्काल आफूलाई प्राप्त शक्ति, सत्ता र भत्ताको मोह र मातले उन्मत्त, अहंकारी र अन्धा भएर जनविरोधी गतिविधि गरेमा जनतामा तीव्र असन्तुष्टि, आक्रोश, विरोध र प्रतिरोध बढ्छ । यो प्रतिरोध विगतमा जस्तै वा अझ भनौं झन् भयङ्कर रुपमा प्रकट हुने र प्राप्त उपलब्धीहरु पनि गुम्ने वा पुनः अर्को भयानक विद्रोह हुने राजनीतिक शास्त्रको यो सामान्य नियम हो । यो कुरा आफ्नै अनुभवहरुबाट समेत पुष्टि भएको कुरालाई समेत हृदयंगम गरी होशियारी र जिम्मेवारीपूर्वक कदमहरु चाल्न सन्बन्धित सबै शक्ति र सत्ताधारीहरुलाई विशेष आग्रह/अनुरोध, सुझाव/दवाव र विरोध/प्रतिरोध जारी राखौं । वर्तमान सत्ताधारीका प्रतिगमनकारी र प्रतिक्रान्तिकारी हर्कतहरुद्वारा देस चरम संकटपूर्ण, संवेदनशील र संशययुक्त समय र परिस्थितिबाट गुज्रिरहेकोले यसबाट पार पाउन अझै गुणात्मक रुपले जनखबरदारी र जनहस्तक्षेप वृद्धि गरी अग्रगमन र क्रान्तिलाई संरक्षण र सम्बर्द्धन गर्दै राष्ट्रिय समाजवादको दिशामा अघि बढ्नु
हाम्रो यति बेलाको ठोस कर्तव्य र गहन जिम्मेवारी हो । यही जिम्मेवारी पूरा गर्न हामी सबै सचेत र संवेदनशील सरोकारवाला संघर्षमा जुट्न र डट्न सकौं । यही नै छ यस सालको प्रजातन्त्र दिवसको हार्दिक अपेक्षा र शुभकामना ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:०५ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...