back
CTIZAN AD

मधेश विज्ञको पहिचान बनाएका ‘अहिराज’लाई प्रदेश प्रमुखको जिम्मा

वि.सं.२०७७ फागुन ७ शुक्रवार

723 

shares

फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तीअनुसार मन्त्रिपरिषदको सिफारिसमा झालाई नियुक्त गरिएको हो ।

राष्ट्रपति भण्डारीले आज मात्रै तिलक परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई नियुक्त गरिएको हो ।

No description available.

मधेश विज्ञको रुपमा स्थापित छन् झा

‘राजेश अहिराज’ नामले परिचित झाले मधेश मामिलामा विद्यावारिधी गरेका छन् । उनलाई ‘मधेश विज्ञ’का रुपले पनि चिनिन्छ ।

पत्रकारितामा समेत आबद्ध झाले मधेश मामिलामा स्वतन्त्र खालको विश्लेषण गर्दै आएका थिए । राष्ट्रियताको विषयमा निकै वकालत गर्ने उनी मधेशवादी दलको विरोधीको रुपमा पनि स्थापित छन् ।

उनी हालको संघीय व्यवस्थाप्रति असहमत छन् । सामाजिक सञ्जालमा निकै सक्रिय झाले ‘एक देश, दुई दल र तीन प्रदेश’को नारा दिएका छन् ।

सम्बन्धित समाचार

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

प्रदेश २ को प्रमुखमा रौतहटका झा नियुक्त

वि.सं.२०७७ फागुन ७ शुक्रवार १६:२३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...