९ फागुन, काठमाडौं । आज भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारserum institute of India नामक कम्पनीले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप आज ल्याइने भएको हो ।
फेब्रअरी १७ मा उक्त कम्पनीसँग २० लाख डोज खोप खरिदका लागि सम्झौता भए अनुरुप पहिलो खेपमा १० लाख डोज एयर इण्डियाको दिल्ली–काठमाडौं १३ः३० को उडान मार्फत् आज नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।
‘उक्त खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरेर फागुन २३ गतेदेखि संचालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्य्र मार्फत् जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरका खोपकेन्द्रहरुबाट वितरण गरिनेछ ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार ०९:१५ मा प्रकाशित






























