‘प्रवासी’ एउटा देशको मानिस अर्को देशमा पुग्नु । अस्थाई रुपमा रोजगारी, मनोरन्जन, व्यवसाय वा अन्य कामका लागी केही समयका लागी अर्काको देशमा बस्ने मानिसलाई प्रवासी भनिन्छ । हामी सबैले बुझेका छौ । तर नेपालको हालको परिस्थितीमा प्रवासी नेपाली भन्ने वित्तिक्कै रोजगारीका लागी मात्रै विदेश छिरेका नेपाली भन्ने बुझिरहेका छौ । गौण रुपमा विदेशमा केही नेपालीहरुले व्यवसाय गरिरहेका छा । परिवारको खुसीका लागी दिन गुजारा गरिरहेका छन । घुम्न वा मनोरन्जनका लागी केही समय प्रवासी बनेका छन । तर धेरै नेपालीहरुको प्रवासी बन्नुको यर्थाथ भने रोजगारी नै हो ।
हामी प्रवासमा कार्यरत भएपनी नेपालीनै हौँ र नेपालप्रति पनि हाम्रो दायित्व छ भन्ने कुराको मनन गर्नुपर्छ ।त्यसैले नेपाल र नेपालको सुन्दरतालाइ आफु वस्ने देशका जनताहरुलाइ चिनाउन जरुरी छ । हामी सवैमा केहि सवलता अनि केहि दुर्वलता पक्कै हुन्छ, त्यसैले हामी एक आपसमा मिलेर जति राम्रो गर्न सक्छौं त्यति एक्लै गर्नै सक्दैनौ ।त्यसैले योग्यता, क्षमता अनुसारको उचित देशप्रतीको जिम्मेवारी वहन गर्न सक्नुपर्छ ।
नेपालप्रति प्रवासी युवाहरुको भूमिका
देशमा राजनितीक अस्थिरता व्याप्त छ । गरिवीले चरम सिमा छोएको छ । परिवार पाल्न नेपालमै दश नग्रा धस्दापनी सकिदैन । नेपालमा हुने आम्दानी भन्दा खर्च बढी छ । महंगीको मारमा परिरहेको छ । यस्ता समस्यालाई हल गर्ने एउटै माध्यम बनेको छ प्रवासको जागीर । केही समयको लागी युवाहरुले पनी प्रवासको जागीरलाई नै आफ्ना परिवार पाल्ने माध्यम बनाएका छन । चाँहे खाडीमा गएर होस वा युरोप अमेरीका । आजका दिनमा प्रवासको रोजगारी नै आफ्नो समस्या धान्ने राम्रो माध्यम बनेको छ ।
‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ प्रवासमा रहेका नेपालीहरुका लागी यो स्लोकले अती नै छुन्छ । प्रवासमा जागीर गरिरहेका छौ, परिवार पालीरहेका छौ, प्रवासमा परिवारसँगै बसिरहेका छौ । तर पनी नेपालको माया भने कहिल्यै बिर्सन नसकिने रहेछ भन्ने कैयौं उदाहरणहरु छन ।
म एक कलिलो युवक खाडी मुलुक कतारमा एक दशक देखी काम गरिरहेकोे छु । यहीँको केही उदाहरण तपाईहरु माँझ पस्कन चाँहे ।
प्रवासको यो मरुभुमि कतारमा व्यवसायसँगै नेपाल र नेपालीको सहयोगका लागी जुट्ने आरके शर्मा , प्रकाश कोईराला, प्रविन गुरुङ्ग, उत्तम गुरुङ्ग, अबदुल बासिद लगायतका युवाहरुलाई हामी प्रवासी अनी नेपालीहरुले सम्मान गर्नुपर्छ । अन्य देशमा पनी यस्ता केही युवाहरु छन।
कतारमा कुनै नेपालीको पनी सुनौलो भविश्य छैन । किनभने यहाँ यूरोपको जस्तो न ग्रीन कार्डको व्यवस्था छ त स्थायी बसोवास नै गर्न सकिन्छ । तर पनी जती बसिन्छ आफ्नो भविश्य र नेपालका लागी केही गर्न भने पक्कै सकिन्छ । र केही नेपालीहरुले गरिरहेका पनी छ । जसले कतारमा आफुलाई पालेका छन , परिवारलाई खुसी दिएका छन । अनी अन्य देशका मानिसहरु जस्तै व्यवसायलाई दाँहीको मियो बनाएका छन् । नेपालमा पनी सहयोगी काम गरिरहेका छन । नेपालका लागी केही गरौ न भन्ने केही युवाहरुको नाम जोड्न चाँहे जसले यहाँहरुलाई बुझ्न सजिलो बनाउने छ । प्रवासको यो मरुभुमि कतारमा व्यवसायसँगै नेपाल र नेपालीको सहयोगका लागी जुट्ने आरके शर्मा , प्रकाश कोईराला, प्रविन गुरुङ्ग, उत्तम गुरुङ्ग, अबदुल बासिद लगायतका युवाहरुलाई हामी प्रवासी अनी नेपालीहरुले सम्मान गर्नुपर्छ । अन्य देशमा पनी यस्ता केही युवाहरु छन। उनीहरु खाडी मुलुक कतारमा हामीहरु जस्तै रोजगारीका लागी आएका थिए अनी आज सफल व्यवसायी र समाजसेवीको रुपमा चिनिरहेका छन । उनीहरुको कामको वयान यहाँ गर्नु पर्ने लाग्दैन । प्रयाः धेरैले बुझेका छन ।
मैले बुझाउन खोजेको प्रवासको रोजगारीमा नेपालीहरुले धेरै गर्न सक्छन । आफ्नो लागी , समाजको लागी र देशको लागी पनी धेरै गरिरहेका छन भन्ने हो ।
प्रवासी नेपालीले बुझेको देशको अवस्था
सबैलाई लाग्ला हामी प्रवासी नेपालीहरु महिनावारी आउने तलवको प्रखाईमा छौ । परिवारको खुसीमा मात्र सिमीत छौ । नेपालको राजनीतीलाई समाजिक सन्जलाबाट मात्रै बुझिरहेका छौ वा आदी ईत्यादी । तर नेपालमा बस्ने नेपालीहरुले भन्दा बढी प्रवासमा बस्ने नेपालीहरुले नेपालको अवस्था बारेमा धेरै बुझ्ने गरेका छन ।
उनीहरुलाई देशको माया अत्याधीक छ भन्ने बुझिन्छ । चाँहे त्यो प्रत्यक्ष व्यक्त गर्ने क्षमता नभएर हुनसक्छ वा प्रवासीको नाममा हेपाईएर उनीहरुलाई केही नबुझेको बनाउन चाहान्छन नेपालमा बस्ने नेपालीहरु । तर प्रवासी नेपालीहरुले नेपालको हरेक राजनितीक अवस्था , देशको अवस्था नजिकबाट नियालिरहेका छन । कैयौं खबर प्रवासबाट नेपालीहरुले सहयोग गरेको सुन्न पाईएको छ र पाई रहीने छ ।
प्रवासमा मृत्युवरण गरेका परिवार, घाईते बनेका कामदार , नेपालमा भुकम्पको मारलाई सहिरहेका नेपाललाई समेत प्रवासीहरुले मलम लगाएका छन । कलाकारहरुले गर्ने सहयोगी कार्यमा प्रवासी नेपालीहरुको नै बढी सहयोग पुगेको छ । त्यसैले प्रवासमा रहेर नेपालीहरुले देशको अवस्था बारे राम्ररी बुझिरहेका छन । प्रवासमा रहेका नेपालीहरु पनी देशमा एक हिस्सा हुन भन्ने बुझ्न जरुरी छ ।
प्रवासी नेपालीको दायित्व
देशमा बढ्दो बेरोजगारीबाट बच्न प्रवासमा कार्यरत नेपालीहरुले देशप्रतीको माया भुल्नु हुन्न । राजनितीक उतारचढाव आउदा प्रवासबाट पनी दबाब दिन पछी हट्नु हुन्न । प्रवासमा हामी कसैको कार्यक्रता भन्दा पनी देशको लागी राम्रो काम गर्नेको पछाडी हिड्न पर्ने समय आएको छ । देशको राजनितीक अस्थितरतालाई जोगाउन विदेशमा रहेका ३० लाख युवाहरु एकजुट हुनुपर्ने बेला आएको छ । अहिले पनि हामी नेपालीहरु प्रबासमा पहिचानको संकटबाट गुज्रिरहेको अबस्था छ ।राष्ट्रिय बिभूति र प्राकृतिक सम्पदा मार्फत नेपालको परिचय हाम्रो बाध्यता हो ।
हामिमा निहित मानब शंसाधन, शिप, ज्ञान र पूजिको सामूहिक लगानी गर्दै समुदायको आर्थिक प्रगती गर्न आबस्यकछ । बिपन्न समाजमा बिकासका कुरा सम्भब छैन। प्रवासबाट हामीले सम्पन्नताका लागी पहल गरिरहेका छौ । यसले हाम्रो देशको विकासमा देवा पुर्याउने छ अनी प्रवासी नेपालीको नेपालप्रतीको भुमिकालाई बुझ्ने छन ।
हामी प्रवासमा कार्यरत भएपनी नेपालीनै हौँ र नेपालप्रति पनि हाम्रो दायित्व छ भन्ने कुराको मनन गर्नुपर्छ ।त्यसैले नेपाल र नेपालको सुन्दरतालाइ आफु वस्ने देशका जनताहरुलाइ चिनाउन जरुरी छ । हामी सवैमा केहि सवलता अनि केहि दुर्वलता पक्कै हुन्छ, त्यसैले हामी एक आपसमा मिलेर जति राम्रो गर्न सक्छौं त्यति एक्लै गर्नै सक्दैनौ ।त्यसैले योग्यता, क्षमता अनुसारको उचित देशप्रतीको जिम्मेवारी वहन गर्न सक्नुपर्छ ।
त्यसैले प्रवासमा रहेपनी देशप्रतिको आफ्नो दायित्वलाई आत्मसाथ गर्नै आफ्नो भुमिका प्रति कटिबध्द रहनु पर्ने बेला आएको मैले बुझेको छु ।
Email:[email protected]
वि.सं.२०७३ माघ १५ शनिवार ०४:३६ मा प्रकाशित