फागुन १०, काठमाडौं । नेकपा विभाजनपश्चात ओली समूहमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थप शक्तिहीन बन्दै गएका छन् । आफुँसँगै लगेका युवाहरुले पनि साथ छाडेपनि उनी थप कमजोर बनेका हुन् ।
गत माघ ८ मा ओली समूह निकटको प्रेस संगठन र माघ २६ मा राष्ट्रिय युवा संघको भेला सम्पन्न भएको थियो । ती दुवै भेलामा पूर्वमाओवादीसहित बादल समुहलाई पाखा पन्छाइएको थियो ।
जसलगत्तै आक्रोशित बादलले आफ्नो समूहका युवाहरुलाई समेटेर वाईसिएल ब्युँताएका थिए । तर, त्यसैको संयोजक बनाएका वीरु तामाङ बादललाई नै छाडेर ओली समूहतर्फ प्रवेश गरेका छन् ।
याे पनि…
बादलमाथि ओलीको एकपछि अर्को एक्सन, के ओली बादललाई निकाल्नै प्रयासमा हुन् ?
थापाको निजि सचिवालयमा समेत रहेका तामाङले समूह परिवर्तन गरेसँगै बादलमाथि थप संकट देखिएको छ । यस घटनासँगै उनी पक्षमा देखिएका युवाहरु नै तितरवितर हुने स्थिति पनि बनेको छ ।
गत शनिबार तामाङको नेतृत्वमा कुमार हुमागाईँ, पुष्पराज श्रेष्ठ, योगेश साउद, योगेन्द्र लामा र उज्जल घिमिरे बादल समूह छोडेर ओली समूहमा प्रवेश गरेका थिए । उनीहरुले बादलमा नेतृत्व क्षमता नभएको टिप्पणी गरेका छन् ।
वि.सं.२०७७ फागुन १० सोमवार १४:१४ मा प्रकाशित






























