back
CTIZAN AD

भण्डारीलाई अनलाइन टीभी पत्रकार सङ्घको नेतृत्वको जिम्मेवारी

वि.सं.२०७७ फागुन १० सोमवार

744 

shares

१० फागुन, काठमाडौ । अनलाइन टीभी पत्रकार सङ्घको नेतृत्वको जिम्मेवारी पत्रकार जीवन भण्डारीले पाएका छन् । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिकाे  जिम्मेवारी दिएकाे हो ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशल केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिए । सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिए ।

सङ्घको वार्षिकोत्सव विथोलेको, साधारणसभामा उपस्थित भएर अध्यक्षमा उम्मेदवारी घोषणा गरी कसैले समर्थन नगरेपछि माइन्युट च्यातेको, राजनीतिक हस्तक्षेप गर्न खोजेको, सङ्घलाई प्रतिकुल हुने गतिविधि गरेको र पदाधिकारीबारे झुट प्रचार गरेकोले सङ्घका निवर्तमान महासचिव राजु सुवेदीलाई स्पष्टीकरण सोध्ने निर्णय पनि भएको उनले बताए ।

युट्युव, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो । गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ ।

सङ्घका सबै सदस्यले निर्देशिका अनिवार्य पालना गर्नुपर्ने र उनीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने योजना रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । उनका अनुसार इन्टरनेटको सहयोगमा प्रसारण गरिने युट्युबलगायत माध्यमबाट टेलिभिजन च्यानल सञ्चालन गर्दा नियमानुसार स्वामित्व तथा जवाफदेहिता, सम्पादकीय नीति, स्वार्थ संलग्नता घोषणा, सामाजिक समावेशीकरण र जनशक्तिबारे स्पष्ट रहनुपर्ने निर्देशिकामा उल्लेछ छ ।

सत्यतथ्यमा आधारित रहेर प्रसारण सामग्री तयार पार्ने, सामग्री प्रसारण गर्नु अगावै सत्यपन सुनिश्चित गरेर मात्र प्रसारण गर्ने, शब्द चयन, भाषा गत शुद्धता, सामाजिक सद्भावलगायत विषयमा विषेश ध्यान दिनुपर्ने निर्देशिकामा उल्लेख छ । सरकारको ‘राष्ट्रिय आम सञ्चार नीति २०७३ को बुँदा नं. १.७ र २.६ ले पत्रकारितालाई स्वनियमन प्रणालीमा प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम स्वनियमन निर्देशिका जारी गरिएको सङ्घले जनाएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १५:३४ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...