back
CTIZAN AD

पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ – नेपाली काँग्रेस

वि.सं.२०७७ फागुन १० सोमवार

690 

shares

१० फागुन, काठमाडौँ । नेपाली काँग्रेसले नेपाली कांग्रेस चितवनका महासमिति सदस्य, पूर्व सचिव एवं पूर्व सांसद एकनाथ रानाभाटको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको बताएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका रानाभाटको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको उल्लेख छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रानाभाटको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याएको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए । रत्ननगर नगरपालिका —१४ पिठुवा निवासी स्वर्गीय रानाभाट वि.सं. २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनको पार्थिव शरीरलाई मंगलबार विहान ८ः३० देखि ९ः३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको जनाइएको छ ।

त्यस्तै काँग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्साका सचिव किशोरी प्रसाद साह कानूको वर्ष १७ का सुपुत्र वृजेश कुमार साह कानूको अल्पायुमा आइतबार वीरगञ्जमा निधन भएकोप्रति पनि दुःख व्यक्त गरेको छ । मृतक आत्माको चिर शान्तिको कामना गर्दै सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १९:०५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...