११ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै अध्यक्ष नेपालले खुसी व्यक्त गर्दै ऐतिहासिक र प्रशंसनिय फैसला सुनाएकोमा आभार व्यक्त गरेका छन् ।
‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ अध्यक्ष नेपालले भनेका छन् ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) February 23, 2021
वि.सं.२०७७ फागुन ११ मंगलवार २०:४४ मा प्रकाशित






























