back
CTIZAN AD

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

वि.सं.२०७३ माघ १५ शनिवार

969 

shares

१५ माघ, दाङ। दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ ।

प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताउनुभयो ।
सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा आएको प्रसूति सेवा पनि बन्द भएको छ ।

गाविस हुँदा केही रकमको जोहो गरेर सञ्चालनमा ल्याएको र हाल सो गाविस नगरपालिकामा समायोजन हुँदा बजेट नछु्याएको र यतातिर कसैको ध्यान नपुग्दा बन्द गर्नुपरेको प्रमुख केसीले बताउनुभयो ।

‘गाविस हँुदा आफूहरुका योजना तथा समस्या पनि सहजै सुनवाई तथा सम्बोधन हुने गर्दथ्यो ।

स्वास्थ्य चौकीले ११ हजार भन्दा बढी घरधुरीलाई सेवा दिने गर्दछ ।२०७१ ‘साउनमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा ल्यायाँै । गाविस हुँदा यो व्यवस्थापनको लागि रकम विनियोजन गर्ने गर्दथ्यो । अहिले नगरपालिका भएपछि त्यो पनि हरायो, प्रमुख विमल केसीले भन्नुभयो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०८:४८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...