back

नगरपालिका भएसँगै २४ घन्टे प्रसूति सेवा बन्द

वि.सं.२०७३ माघ १५ शनिवार

777 

shares

१५ माघ, दाङ। दाङको साविक हलवार गाविस नगरपालिकामा गाभिएसँगै त्यहाँ सञ्चालन भएको २४ घन्टे प्रसूति सेवा बन्द भएको छ ।

प्रसूति सेवा बन्द भएसँगै धेरै महिला घरमै सुत्केरी हुन बाध्य भएका छन । सर्वसुलभ स्वास्थ्य सेवा दिन खोज्दा विभिन्न समस्याका कारण सेवा दिन नसकिएको स्वस्थ्य चौकीका प्रमुख विमल केसीले बताउनुभयो ।
सुगमताको हिसाबले हेर्दा हाल यो स्वास्थ्य चौकी नगरपालिकामा पर्दछ, भौगोलिक हिसाबले अति नै दुर्गम छ । विगत वर्षदेखि सञ्चालनमा आएको प्रसूति सेवा पनि बन्द भएको छ ।

गाविस हुँदा केही रकमको जोहो गरेर सञ्चालनमा ल्याएको र हाल सो गाविस नगरपालिकामा समायोजन हुँदा बजेट नछु्याएको र यतातिर कसैको ध्यान नपुग्दा बन्द गर्नुपरेको प्रमुख केसीले बताउनुभयो ।

‘गाविस हँुदा आफूहरुका योजना तथा समस्या पनि सहजै सुनवाई तथा सम्बोधन हुने गर्दथ्यो ।

स्वास्थ्य चौकीले ११ हजार भन्दा बढी घरधुरीलाई सेवा दिने गर्दछ ।२०७१ ‘साउनमा २४ घन्टे प्रसूति सेवा सञ्चालनमा ल्यायाँै । गाविस हुँदा यो व्यवस्थापनको लागि रकम विनियोजन गर्ने गर्दथ्यो । अहिले नगरपालिका भएपछि त्यो पनि हरायो, प्रमुख विमल केसीले भन्नुभयो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०८:४८ मा प्रकाशित

Himalayan Life AD
एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...