११ फागुन, काठमाडौं । बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको बताएको छ ।
यस फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरुलाई बाटो दिएको बताउँदै दलहरुले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टिहरु सम्बोधन गनुपर्ने पनि बताएको छ ।
‘संसद विघटन त्यसअघिदेखि नै सुरु भएका असंबैधानिक अभ्यास र प्रतिगामी कदमहरुको प्रकट रुप मात्र थियो । विघटनसम्म पुग्नका लागि राजनीतिक प्रक्रियामा निहित जड कारणहरुको आत्मसमिक्षा गर्दै अब राजनीतिक दलहरुले अग्रगामी राजनीति सुनिश्चित गर्न संविधानमा पहिल्यैदेखि रहेका असन्तुष्टि सम्बोधन गर्नुपर्छ ।’ नागरिक आन्दोलनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
वि.सं.२०७७ फागुन ११ मंगलवार २१:२६ मा प्रकाशित






























