११ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्चको फैसलाका सन्दर्भमा चेतावनीको भाषा बोलेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्चको फैसला मान्नु पर्ने बताइरहँदा प्रेस सल्लाहकार थापाले भने घुमाउरो पारामा फैसलालाई अस्वीकारको भाषा प्रयोग गरेका छन् ।
सर्वोच्चको फैसला बाध्यात्मक रुपमा स्वीकार गर्नुपर्ने भाषामा टिव्ट गर्दैै उनले लेखेका छन् ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ ।’
तर फैसलाले भविष्यमा दुष्प्रभाव देखिदैं जाने निश्चित रहेको र यसबाट राजनीतिक समस्याहरूको कुनै हल होइन बरू अस्थिरता अझै बढ्ने बताएका छन् । यसले सत्ताको खेल बढ्ने उनको तर्क छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेका छन् ।
वि.सं.२०७७ फागुन ११ मंगलवार २३:०६ मा प्रकाशित






























