१२ फागुन, काठमाडौं । यस ललितपुर जिल्ला बचत तथा ऋण सहकारीले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
ललितपुर स्थित उक्त संस्थाले सहायक व्यवस्थापकमा १, रिसेप्सनिष्टमा १ र बजार सहायकमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले बायो डाटा, शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचेको पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र संघको कार्यालयमा दरखास्त दिनुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५५३००१, ०१–५५५३००७ वा ईमेलः federation.lalitpur@gmail.com मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।
वि.सं.२०७७ फागुन १२ बुधवार १०:१८ मा प्रकाशित





























