फागुन १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले सुर्खेत र पोखरामा तय गरेको जनसभा स्थगित गरेको छ ।
चुनावी माहोल बनाउन देशव्यापी जनसभा गर्दै आएको ओली समूहले आगामी फागुन १४ मा सुर्खेत र १५ मा पोखरामा जनसभाको आयोजना गरेको थियो । प्रतिनिधि सभा विघटनको कदम सर्वोच्च अदालतले बदर गरिदिएसँगै ओली समूहले जनसभा स्थगित गरेको हो ।
दुवै स्थानको आमसभाका लागि ओली समूहले तयारी पनि अन्तिम चरणमा पुर्याएको थियो । जनाइएअनुसार सभाका लागि आवश्यक ओलीका तस्बिर, ब्यानरसहित सामाग्रीहरु तयार पारिएका थिए ।
ओली समूहले पर्यटकीय राजधानी पोखरामा १ लाख बढि मानिस उतार्ने घोषणा गरेको थियो ।
वि.सं.२०७७ फागुन १२ बुधवार १२:५३ मा प्रकाशित






























