back
CTIZAN AD

संसदीय दलको बैठकअघि प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी समिति बैठक

वि.सं.२०७७ फागुन १२ बुधवार

591 

shares

फागुन १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति सदस्य गणेश शाहका अनुसार पछिल्लो घटनाक्रमबारे छलफल गर्न राजधानीमा उपलब्ध स्थायी समिति सदस्यहरुलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बोलाइएको हो ।

उनका अनुसार बैठक २ बजेदेखि बस्ने तय भएको छ । बैठक अनौपचारिक रुपमा बस्ने उनले बताए ।

बैठकमा सर्वोच्चको फैसला र आगामी रणनीतिबारे छलफल हुने सम्भावना छ । नेता शाहका अनुसार स्थायी समिति बैठक लगत्तै दिउसो ४ बजे पेरिसडाँडामै संसदीय दलको पनि बैठक बस्नेछ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदरको फैसला सुनाएको थियो ।

संसद विघटनको विरुद्व सडक संघर्षमा गएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले संसद पुनस्र्थापना हुने निर्णय भएसँगै आगामी रणनीति बनाउन बैठक बोलाएको हो ।

वि.सं.२०७७ फागुन १२ बुधवार १३:५२ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...