१२ फागुन, जापान । कोभिड १९ को अवधिमा जापानमा आत्महत्या गर्नेको संख्यामा ठूलो वृद्धि भयो । यस्तो अवस्थामा आत्महत्याको बढ्दो घटनालाई ध्यानमा राख्दै जापान सरकारले एउटा महत्त्वपूर्ण कदम चाल्यो । जापान सरकारले यसका लागि मिनिष्टर अफ लोन्लिनेस अर्थात् एक्लोपन टाढा गर्नका लागि एक मन्त्री नियुक्त गर्यो ।
कोभिडका कारण विश्वका हरकोहीको जीवनमा प्रभावित गरेको छ । करोडौ मान्छेको मृत्यु भएको छ भने थुप्रै मानिस बेरोजगार भएका छन्, जसका कारण मानिसहरु डिप्रेसनका शिकार भएका छन् । यसबीचमा मानिसहरुले थुप्रै खालका समस्याहरु भोग्नु पर्यो । कोभिड कालमा जापानमा आत्महत्या गर्नेको संख्या बढ्न थाल्यो । यसरी आत्महत्याको बढ्दो घटना हुन थालेपछि जापान सरकारले एक यस्तो महत्वपूर्ण कदम उठायो र मिनिष्टर अफ लोन्लिनेस मन्त्री नियुक्त गर्दै यसका लागि मन्त्रालय नै बनायो । यो मन्त्रालयले मानिसहरुमा भएको एक्लोपन हटाउन प्रयास गर्नेछ ।
द जापान टाइम्सका अनुसार कोभिड महामारीका दौरान (२०२०) मा जापानमा एक्लोपनका कारण धेरै संख्यामा आत्महत्याको घटना भएका छन् । आत्महत्याको आँकडा करीब ११ वर्षपछि यसप्रकारले बढ्यो की जापान सरकारको एक मन्त्रालयले फैसला गर्नुपर्यो ।
बेलायतले जस्तै जापानका प्रधानमन्त्री योशीहिडे सुगाले आफ्नो मन्त्रालयमा मिनिष्टर अफ लोन्लिनेसको पद जोडेका छन् । यसको शुरुवात यसै महिनाबाट भएको छ । सन् २०१८ मा ब्रिटेनले पनि यस्तै तरिकाको पद बनाएर नियुक्त गरेको थियो ।
प्रधानमन्त्री योशीहिडे सुगाले देशका युवाहरूमाझ एकाकीपन र एक्लोपनको मुद्दालाई सम्बोधन गर्न क्षेत्रीय पुनरुद्धार मन्त्री तेत्सुशी साकामोटोलाई नियुक्त गरेका छन्।
साकामोटोलाई नियुक्त गर्दै भने”महिलाहरू अलग्गै पीडित छन् (पुरुषहरू भन्दा) र आत्महत्याको संख्या बढ्दो प्रवृत्तिमा छ। मलाई आशा छ कि तपाईले समस्याहरूको पहिचान गर्नुहुनेछ र नीतिगत उपायहरुलाई विस्तृत रूपमा प्रमोट गर्नुहुनेछ।”
वि.सं.२०७७ फागुन १२ बुधवार १९:०९ मा प्रकाशित






























