१२ फागुन, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २ हजार ६८४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड १९ महामारी व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा गत एक वर्षमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको हो ।
कोरोना संक्रमणबाट निधन हुनेको शव व्यवस्थापन गरिरहेको नेपाली सेना र मन्त्रालयको तथ्यांक बाँझिइरहेको र सरकारले कोरोनाबाट निधन हुनेको यकिन संख्या लुकाइरहेको आरोप लागिरहेको बेला सरकारले बुधबार नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।
वि.सं.२०७७ फागुन १२ बुधवार १८:०० मा प्रकाशित






























