१३ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् पुनस्र्थापनापछि पनि उहि पुरानै कुर्सीको खेल सुरु हुने खतरा रहेको बताएका छन् ।
सर्वोच्च अदालतले राजनीति पुनः दल तथा नेताहरुको कोर्टमा पुगेको हुनाले टाउकाको गन्ती, ज्योतिषीको जोखाना, किनबेचको शृंखला चल्न सक्ने हुनाले नयाँ राष्ट्रिय सहमित गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!
— Baburam Bhattarai (@brb1954) February 25, 2021
‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल÷नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ ।देशको आवश्यकता र जनताको चाहना दल÷नेताले पाठ सिकून् ;नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है ! चेतना भया !’
वि.सं.२०७७ फागुन १३ बिहीवार ०८:३६ मा प्रकाशित






























