१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।
सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो तीनबजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था बारे छलफल गरिने बताइएको छ ।
पार्टीका पुर्वपदाधिकारीहरु समेत सहभागी हुने उक्त बैठकमा पछिल्लो अवस्थामा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनस्र्थापनापछि कांग्रेसको रणनीति, प्रचण्ड-माधव समूहको सत्ता साझेदारीको प्रस्तावलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र संसद अधिबेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड-माधव समूहले सभापति देउवालाई भेटेर सत्ता साझेदारको प्रस्ताव राखेका थिए ।
वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:०१ मा प्रकाशित






























