१३ फागुन । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध खुल्ला भएको छ । व्हाइट हाउस छोड्ने बेलामा थप ३ महिना अमेरिका आउन प्रतिबन्ध लगाएका स्थायी आवासीय पत्र मार्फत प्रवेशाज्ञा पाएका समेत नेपालीहरु अब अमेरिका जान पाउने भएका छन ।
राष्ट्रपति जो बाइडेनले फेब्रुअरी २४ बुधबारका दिन ट्रम्पले मार्च ३१ सम्म लगाएको प्रतिवन्धलाई खारेज गरिदिएका छन् । यस अन्तर्गत विविधता चिट्ठा(डिभि) पाई कैयौ महिना देखि अमेरिका जान प्रतिक्षा गरिरहेका र अड्किएका नेपालीहरुलाई अब बाटो खुलेको छ ।
यो सुखद् खबरले प्रतिक्षामा रहेका सबै नेपालीहरुमा हर्ष छाएको छ ।
ट्रम्पले महामारीको कारण अमेरिकी जनता नै बेरोजगारी र काम नपाउने भन्दै ३१ डिसेम्बर २०२१ सम्म प्रतिबन्ध गरेकोमा लम्बाई मार्च ३१ सम्म पु¥याएका थिए ।
विजय थापा अमेरिकाको सहयोगमा
वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:२४ मा प्रकाशित





























