१७ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले जानकारी दिएका छन् ।
केहिदिन देखि भारतमा उपचार गराईरहेका डा.भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको तर छिट्टै शल्यक्रिया गर्न समेत चिकित्सकले सुझाव दिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताएका छन् ।
डा. भट्टराईको एकसाता देखि भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य पर भइरहेको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न…
Posted by Bishwadeep Pandey on Sunday, February 28, 2021
वि.सं.२०७७ फागुन १७ सोमवार १०:५० मा प्रकाशित






























