१९ फागुन, बर्दिबास । आठ लाख घुस रकम बोकेर गाडिमा हिँडिरहेका गाउँपालिका अध्यक्षलाई अख्तियारको टोलीले पछ्याउन थालेपछि उनले ८ रकम फ्याकेर फरार भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री ८ लाख घुस रकम फालेर सोमबार फरार भएका हुन् ।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिजालका अनुसार घुस लिएका अध्यक्षलाई नियन्त्रणमा लिन आयोगको टंगाल कार्यालयको टोलीले पछ्याइरहेको थाहा पाएपछि अध्यक्षले गाडीबाट घुस रकम फालेर फरार भएको बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार रहेको छ ।
उनी वीर बहादुर मगरले चलाएको गाउँपालिकाकै गाडी चढेर अध्यक्ष राउत महेन्द्रनगरबाट फर्कदै थिए । धनुषाको छिरेश्वर ५ औरही खोलानजकिको बाटो छेउ घुसर रकम फ्याकी अध्यक्ष राउत भागेका हुन् । अख्तियारको टोलीले चालक मगरलाई नियन्त्रणमा लिएपछि केराकार गर्दा फालेको रकम फेला परेको जनाइएको छ ।
उक्त रकम गाउँपालिकाको भवन निर्माण गरेपछि ठेकेदारलाई भुक्तलानी दिन अध्यक्षले घुस लिएको बताइएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०९:३५ मा प्रकाशित






























