१९ फागुन, काठमाडौं । लामो समय पछि नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले उपाध्यक्ष पाएको छ । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले चन्द्र रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको छ ।
एसोसिएसन अफ नेपाल ट्रेकिङ एजेन्ट्स(टान) का पूर्व अध्यक्ष रिजाल गएको माघ २३ मा निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य नियुक्त भएका थिए । गत माघ २३ गते मन्त्रिस्तरीय बैठकको निर्णयबाट रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । निजी क्षेत्रको तर्फबाट बोर्डमा प्रतिनिधित्व गर्ने चारैजना सदस्यले संयुक्त रुपमा रिजाललाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।
बोर्डमा २०६५ साल मंसिर २२ गतेदेखि नै उपाध्यक्ष पद खाली रहेको थियो । सदस्यबीचकै बिवाद तथा खिचातानीले गर्दा पर्यटन बोर्डमा १० वर्षदेखि उपाध्यक्ष पद खाली थियो ।
धादिङ खाल्टे ३ घर भएका रिजाल लामो समयदेखि पर्यटन क्षेत्रमा संलग्न रहँदै आएका छन् ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०९:४९ मा प्रकाशित






























