back
CTIZAN AD

नेपाली सेनाले विद्यावारिधीका लागि छात्रृवत्ति उपलब्ध गराउने, आवेदन आह्वान

वि.सं.२०७७ फागुन १९ बुधवार

912 

shares

काठमाडौं । नेपाली सेनाले विद्यावारिधि (पीएचडी) का लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासँग सम्बन्धित सामरिक तहका विषयहरू अध्ययन, अनुसन्धान र विस्तार कार्यलाई बढावा दिन २ जनालाई विद्यावारिधिमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले ०७७ फागुन १४ गते सूचना प्रकाशित गरी विद्यावारिधिका लागि आवेदन माग गरेको कार्यक्रमअन्तर्गत रहने गरी सेनाले छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति नेपाली सेनाबाट अवकाशप्राप्त, बहालवाला १ सैनिक र आश्रित हिताधिकारीमध्ये १ जनालाई उपलब्ध गराउन लागिएको जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रममा सरिक हुन चाहेन योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई चैत्र ७ गतेभित्र सूचनामा उल्लेखित ठेगानामा सम्पर्क गरी आवेदन दिन अनुरोध गरिएको छ ।

विद्यावारिधिका लागि कन्फ्रिल्ट, पिस एण्ड डेभलपमेन्ट, इन्टरनेशनल रिलेसन एण्ड डिप्लोमयासी, मिलिटरी हिस्टोरी र डिफेन्स स्ट्राटेजी विषय  तोकिएको छ । आवश्यकता अनुरुप विषयहरु थपघट हुन सक्ने पनि जनाइएको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १०:१० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...