१९ फागुन, काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको आज वार्षिक साधारण सभा हुँदैछ ।कम्पनिको माघ २६ गते बसेको सञ्चालक समितिको बैंठकले गरेको निर्णय बमेजिम कम्पनिको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनिको उक्त सभा कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने जनाएको छ । सभामा कम्पनिको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा आर्थिक वर्ष २०६५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०६५/७६ को लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरु छलफल गरी पारित गरिने एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७७ फागुन १९ बुधवार ११:१५ मा प्रकाशित






























