फागुन २०, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारबाही गरिएको पत्र संसद सचिवालय र सभामुखलाई बुझाएको छ । बिहिबार प्रचण्ड–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संसद सचिवालय पुगेर ओली, नेम्वाङ र चौधरीलगायतलाई कारबाही गरिएको जानकारी गराएका हुन् ।
संसद सचिवालयलाई बुझाएको पत्रमा माघ १९ मा बसेको नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलगायतलाई साधारण सदस्यबाट निश्कासन गर्ने निर्णय गरिएको उल्लेख छ ।
‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ सचिवालयलाई बुझाइएको पत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
यस्तो छ पत्र

वि.सं.२०७७ फागुन २० बिहीवार १७:५७ मा प्रकाशित






























