२० फागुन । इजरायलस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा इजरायलमा बस्ने नेपाली दिदीबहिनीहरुलाई दूतावास बोलाएको छ ।
दूतावासले दिएको जानकारी अनुसार यहि फागुन २४ गते पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दूतावासले अनौपचारिक भेटघाट कार्यक्रम गर्न लागेको हुँदा उपस्थितका लागि सबै दिदीबहिनीहरुलाई अनुरोध गरिएको हो ।
उक्त दिन कार्यक्रम बिहान १०ः१५ बजे हुने जानकारी दिँदै राजदूत डा. अन्जना शाक्यले दूतावासमा उपस्थितिका लागि अनुरोध गरेकी छन् ।
यसैबीच दूतावासले गत २२ फेब्रुअरी, २०२१ का दिन मस्तिष्क रक्तस्रावबाट निधन भएकी सावित्रा कुमारी घिमिरे लुइँटेलको शब नेपाल पठाइएको जानकारी दिएको छ ।
वि.सं.२०७७ फागुन २० बिहीवार १८:०४ मा प्रकाशित






























