back
CTIZAN AD

पुनर्निर्माण प्राधिकरणका सचिवसहित एनआरएनए प्रतिनिधि मण्डलद्वारा लाप्राक भ्रमण

वि.सं.२०७७ फागुन २० बिहीवार

651 

shares

२० फागुन, काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डलको लाप्राक नमूना बस्तिको निरिक्षण भ्रमण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरक्षण भ्रमण गरेको हो । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको एनआरएनएको सचिवालयले जनाएको छ ।

लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा लाभग्राहिहरु विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । परियोजनाका सहसंयोजक, श्याम तामाङ्गले, बस्ति निर्माण सम्बन्धि भएका प्रगतिहरु बारे जानकारी गराउँदै बांकी काम एक महिना भित्र सहजै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे ।

सो अवसरमा संघका उपाध्यक्ष तथा परियोजना संयोजक, सोनाम लामाले, लाभग्राहिहरुकै अनुरोधमा संघले आफ्नो घर आफैं वनाउ अभियान अन्तर्गत लाभग्राहिहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिईएको भएता पनि काम सम्पन्न हुन ढिलाई भएको औंलाएका थिए । उनले समयमै काम सम्पन्न गर्न पुन: बाहिरबाट कामदारहरु लान पर्ने अवस्था आएकोमा दुख व्यक्त गरे ।
संघका संस्थापक अध्यक्ष, डा. उपेन्द्र महतोले, विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भई रहेको नमूना बस्तिको काम अन्तिम चरणमा पुगेकोमा निर्मांण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्दै आफ्नो घरमा आफैं बसि आफ्नो आवश्यक्ता अनुसार निर्माणका अन्तिम कामहरुमा सहभागी हुन लाभग्राहिहरुलाई सुझाव दिए ।

पूर्व अध्यक्ष, जीवा लामिछानेले, बस्तिको निर्माण कार्यमा केहि ढिलाई हुन गएतापनि अब लगभग सकिएकोले आफ्नो घर तथा आगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहिहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले, बिभिन्न कठिनाईका बावजुत पनि यस्तो सुन्दर बस्ति निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राहि प्राप्त हुने रु ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको र त्यस मध्य रु. एक करोड पैंसित लाखको लागतमा बस्तिको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्तले, संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भएकोले यस प्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तिमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहने बताए । उनले लाभग्राहिहरुलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत संघले प्राधिकरणलाई घचघचाई रहेको जानकारी गराउंदै १२ बैशाख २०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने कार्यक्रम तय भएकोले सो समय भित्रै बस्ति निर्माणका अन्तिम कामहरु सम्पन्न गर्न लाभग्राहिहरुलाई सचेत गराए । उनले बस्ति निर्माणमा सहयोग गर्ने राष्टिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, लाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालयलाई धन्यवाद व्यक्त गरे ।

सो भ्रमण टोलिमा संघका उपाध्यक्ष डा. बद्री केसी, सल्लाहकार कूल आचार्य, क्षेत्रिय उपसंयोजक द्वय कृष्ण तिमिल्सिना र मनोज श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रिय उपसंयोजक राजु शैयद, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य, चिन्तामणि सापकोटा, राष्ट्रिय समन्वय परिषद युएसएका पूर्व अध्यक्ष केशव पौडेल र वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी, पूर्व परियोजना निर्देशक सुवाष अधिकारी, संचारकर्मीहरु तथा संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ फागुन २० बिहीवार १९:२९ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...