back
CTIZAN AD

सत्यको खोजमा शहीदको लामबन्दी

वि.सं.२०७३ माघ १६ आइतवार

948 

shares

nilkantha-tiwariआज शहीद दिवस, शहीद कति सम्मानित सब्द हो । व्यत्तिगत स्वार्थ पूरै त्यागेर समाज र राष्ट्रप्रति ज्यान सुम्पने शहीद आफैमा उच्च आदरार्थी भाव हो ।
२००७ सालमा प्रजातन्त्र आएको भनेर ढोल पीटियो, २–४ सय मान्छेलाई धनी बन्ने अवसर प्रांप्त भयो । २०१७ सालमा फेरि जनता र राष्ट्रकै नाममा ‘कु’ गरियो र बत्ति बाल्नेवालालाई प्रजातन्त्र दिइयो र सय ढेडसय ठूला बडालाई मौजा सुम्पियो । २०२८ देखि २०३६ र २०४२ सम्म आइपुग्दा अरु थप २–४ सयलाई पंचायती प्रजातन्त्रको स्वाद चखाइयो । २०४६ को परिवर्तनपछि २–४ हजारको संख्यामा मान्छेले आफ्नो स्तर उकासे । २०५२ देखि २०६२/६३ सम्म चलेको जनयूद्धकै क्रममा पनि एक डेढसय मान्छेहरु निकै धनी भएको हल्ला आयो । २०६२/६३ को जनआन्दोलनापछि पनि सबै थरी गरेर २–४ हजार मान्छेले प्रजातन्त्र, लोकतन्त्र र पछिल्लोपटक गणतन्त्रको रस्वादन मजैले गरेका छन् ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको अर्थ सामुहिक संस्कृतिको संस्थागत विकास हो । निरंकुश राजतन्त्र गएपनि बहुदलिय राजा ! हरुले पालैपालो शासन चलाइरहेका छन् । व्यक्तिवाद, परीवारवाद र गुटतन्त्रको भद्दा र विकृत अभ्यास बढाइएको छ । राष्ट्रलाई स्वाधीन र समृद्धितर्फ लैजान तथा आम जनतालाई धनी बनाउने नारा अझै दोहो¥याइएकै छ । शहीदका नाउँमा गरीने माल्र्यापर्ण र सलामीलाई संचारमाध्यमहरुले बडो महत्वका साथ संप्रेषण गर्न चुकेका पनि छैनन् । मानौ यो देशमा शहीदको सम्मान बडो सानदार र भव्य हुन्छ भन्ने झल्झली देखाएकै हुन्छ ।

आजपनि गणतन्त्रका नेताहरुले शहीदलाई सम्झदैछन् । उनीहरु शहीदगेट त पुग्छन नै त्यसमाथि उनीहरुको भाषण जनतालाई लठ्याउने र कार्यकर्तालाई उक्साउने कार्यनीतिमै आधारीत हुनेछ । उनीहरुले शहीदका फोटोमा फूल गुच्छा राखिरहँदा शहीदका सपना स्मरण गर्ने बानी हटिसकेको छ । औपचारिक कार्यक्रममा नजाँदा देश दुनियाले कुरा काट्लान भन्ने औधी पिर पनि छ उनीहरुलाई र औपचारिक पोशाकमा सलामी हानिरहँदा धुनको मजा लिने बानी पनि परिसकेको छ । त्यसकारण जसरी पनि, जे गरेर पनि, जोसँग सहवास गरे पनि कुर्सी र सत्ताको बाध्यता छ नेताहरुलाई ।

दशरथ चन्द, धर्मभक्त, गंगालाल, शुक्रराज शास्त्री र भीमदत्त पंतहरु, क्या. यज्ञ बहादुर थापा, रामनाथ घिमीरे, विरेन राजवंशीहरु तथा शुरेस वाग्ले, कृष्ण सेन तथा कृष्ण गौतमहरुको शहादतको ठूलो मुल्य छ यो देशमा । व्यवस्था र राज्य परिवर्तनका क्रममा औपचारिक नाउँ परिवर्तन मात्र उनीहरुको सपना थिएन । जेल बसेका नाउँमा र एउटा पद सम्हालेकै नाउँमा आफ्ना ७ पुस्तालाई सम्पत्ती थुपार्ने कसम खाएर उनीहरु शहीद भएकै होइनन् । शासकिय संस्कृतिको क्रान्तिकारी रुपान्तरण र सामुहिकतामा आधारीत समाजवादको सुनालौ सपना ती सबैको साझा लक्ष थियो । स्वाधीन र समृद्ध देश अनि स्वाभिमानी नागरिकको पहिचानका लागि उनीहरुको शहादत भएको थियो । राष्ट्रप्रतिको समपर्णका लागि भनेर नै शहीदलाई संझिने हो ।

घिनलाग्दा मान्छेहरुले शहीदको फोटोमा माल्यार्पण गरिरहँदा बडो असजिलो महसुस हुँदोरहेछ । जो व्यक्ति चरम व्यक्तिवादमा निर्लिप्त छ । जसले सामुहिकता कुल्चन्छ र आफ्ना भ्रष्ट आचरण छोप्न कुर्सीको अविवेकी प्रयोग गरिरहन्छ । तीनै व्यक्तिले शहीदलाई सलामी अर्पिदा बडो शर्मिन्दा हुँदोरहेछ ।

जल, जमिन, जंगल, जडिबुटी, जलवायू, जनावर, जराजुरी र जनशक्तिको विविधताले भरिपूर्ण देशले ४५ लाख युवालाई विदेश पठाएको छ र अर्को ७० लाखलाई भारतका कुना काप्चामा चौकीदार, कुल्ली, दरबान र मसल्चीका काममा धकेलिइरहेको छ । किसानी गर्छु भनेर धान राप्ने किसानलाई १ मुरी धान फलाउन ४ हजार बढी लगानी गर्नुपर्ने बाध्यता छ भने २ हजार मूल्यमा १ मुरी धान दक्षिणबाट खुरुखुरु आइरहेको छ । श्रोत र साधनको ठिक पहिचान, माटो र जलवायुको व्यवसायिक प्रयोग तथा उत्पादनबाट स्वाधीनता र समिृद्धको जग बसाउनेतर्फ गहिरो चिन्ता बढ्दै गएको छ ।

सत्य नखोज्ने, सत्य नबोल्ने र धाप मारेर आफ्ना पछाडि अविवेमकी जमात तयार गरिरहने अनि कुर्सी वा माथिल्लो पदमा जसरी पनि बसीरहने गैरप्रजातानिन्त्रक, गैरलोकतान्त्रिक र गैर गणतान्त्रिक संस्कृति भएका नेताहरुको रुपान्तरण यतिबेला मुलुकको अहम प्रश्न बनेको छ । सत्य खोज्दा र सत्य बोल्दा निरंकुश मनोवृत्ति भएकाहरुबाट दुःख पाउने स्थिति अहिले पनि उत्तिकै छ ।

शहीद रहरले बनिने भाव र आवेग त होइन तर शहीदहरुको सपना र मुल्यको यर्थाथ बोध गराउन शासकहरुको रवैयाका विरुद्धमा नयाँ विद्रोह जरुरी छ । रहर वा खेतिका लागि होइन, सत्यको खोजीको लागि नयाँ लामवन्दी आवश्यक भएको हो की भन्ने तर्फ बहश बढेको छ । अनुरोध, अपिल, आग्रह गर्दा नसुन्ने र बहिरो हुने शासकिय संस्कृतिका विरुद्ध नयाँ प्रकारको सचेत धक्का जरुरी देखिएको छ । त्यतिबेला के हुन्छ भन्न सकिन्न । तर, निश्चित के हो भने शहीद सस्ता हुँदैनन् ।

वि.सं.२०७३ माघ १६ आइतवार ०६:१६ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...