back
CTIZAN AD

महालक्ष्मी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

वि.सं.२०७७ फागुन २१ शुक्रवार

600 

shares

२१ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्नन गरेको छ ।

बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र १३ गते शुक्रबार आफ्नै रजिष्टर्ड कार्यालय, लरबारमार्ग, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । उक्त सभा भर्चुअल माध्यमबाट गर्ने बैंकले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपूँजीको ८ दशमलव ८० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

सभामा कम्पनीको शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, सहायक कम्पनी स्थापना गरी विभिन्न थप सेवा प्रवाह गर्न सक्ने गरी नियमावलीमा संशोधन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि चैत ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार १३:२६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...