back
CTIZAN AD

सिंहदरबारमा प्रचण्ड–नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे निर्णय हुनसक्ने

वि.सं.२०७७ फागुन २१ शुक्रवार

579 

shares

फागुन २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रचण्ड–नेपाल पक्ष र कांग्रेसको बैठक बेग्ला–बेग्लै स्थानमा दिउसो केहिबेर अघिदेखि सुरु भएको हो ।

आजको बैठकमा दुवै पक्षले आगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्नेछन् ।

यसअघि बिहिबार बसेको कांग्रेस पदाधिकारी बैठका संसद बैठकबारे छलफल भएको थियो । सो बैठकले गरेका निर्णयका आधारमा संसदीय दलको बैठक बोलाइएको हो ।

यता प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षीय नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । जसको जानकारी बिहिबार नेकपाले संसद सचिवालयमा गराएको थियो । जुन प्रक्रियाहरु पुरा भएपश्चात नै प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको हो ।

जनाइएअनुसार आजको बैठकमा दुवै पक्षले अविश्वासको प्रस्तावबारे निर्णय गर्नसक्नेछन् । जनाइएअनुसार प्रचण्ड–नेपाल पक्ष र कांग्रेसबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व साझा रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने भित्रि सहमती भईसकेको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १३:३७ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...