back
CTIZAN AD

डोटीको जोरायलका जङ्गलमा आगलागी

वि.सं.२०७७ फागुन २१ शुक्रवार

591 

shares

२१ फागुन, डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ ।

यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् । दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जङ्गलमा समेत आगो फैलिँदै गएको जोरायल गाउँपालिका–१ गोगनपानीका सोपान ओलीले बताए । उनले भने “जङ्गलभरि आगलागी भएको छ, समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत आगो फैलिने डर भएको छ ।”

आगलागीका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ । आगोले सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका जोरायल गाउँपालिका–१ का वडासदस्य छपेश मल्लले जानकारी दिए । उनका अनुसार आगोका कारण जडीबुटीको क्षतिको यकिन विवरण सङ्कलन गर्न सकिएको छैन । अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।

उक्त क्षेत्रमा सल्ला बढी भएको र सल्लाको खोटो जम्मा भएको ठाउँमा आगो निभाउन समस्या भइरहेको अर्का स्थानीयवासी कलकबहादुर बोहराले जानकारी दिए ।

ती क्षेत्रमा तीव्र गतिको हावा चल्ने गरेका कारण आगो नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष भोजबहादुर मल्लले बताए । उनले भने, “जोरायल क्षेत्रमा हिजोआज दिउँसोको समयमा तीव्ररुपमा हावा चल्न थालेका कारण आगो निभाउन सकिएको छैन, हामी सबै मिलेर आगो नियन्त्रणमा लिने प्रयासमा छौँ ।” उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्निरेखा बनाउने काम भइरहेको छ ।

उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जिल्लाका जोरायललगायत अन्य क्षेत्रका सामुदायिक वनमा एक हप्ता पहिलेदेखि आगलागी भएको बताए । उनले भने, “जिल्लामा यो वर्ष खासै पानी नपरेका कारण झारपात सुकेर आगलागी भएको छ, आगो निभाउने प्रयास भइरहेको छ, सम्भवतः चाँडै आगलागी नियन्त्रणमा लिने छौँ ।” रासस

वि.सं.२०७७ फागुन २१ शुक्रवार १३:४७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...