back

कुमारी जब र केसिएमआइटी कलेज बीच सम्झौता

वि.सं.२०७७ फागुन २१ शुक्रवार

132 

shares
RBB AD
NTC AD

२१ फागुन, काठमाडौं । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.ली र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो । कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा।लि।का प्रवन्ध निर्देशक भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताएका छन् । यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिनसिपल ललिता चन्दले बताइन् ।

यस सहकार्यबाट विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने जनाइएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरको गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो ।

कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । हाल कलेजमा बिबिए, बिआइएम र बिसिए गरी तीन स्नातक तहको अध्यन अध्यापन गराइन्छ ।

 

 

वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व...

ग्लोबल आइएमईमा एक अर्ब भन्दाबढी लगानी गर्दै स्वीस इन्भेष्टमेन्ट

ग्लोबल आइएमईमा एक अर्ब भन्दाबढी लगानी गर्दै स्वीस इन्भेष्टमेन्ट

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...