back
CTIZAN AD

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छ -मन्त्री महतो

वि.सं.२०७७ फागुन २३ आइतवार

594 

shares

२३ फागुन, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन/कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको योजना सुनाइन् ।

उनले संविधान र ऐन/कानूनले दिएको अधिकार प्रयोग गर्दै जनतालाई सेवा पुग्नेगरी काम गर्न आयोगलाई निर्देशनसमेत दिए।
पूर्वमहिलामन्त्री थममाया थापाले महिलाबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताइन् भने पूर्वसमाजकल्याणमन्त्री भद्राकुमारी घलेले पछिल्लो राजनीतिक अस्थिरताका कारण जनतालाई सास्ती भएकाले स्थिरताका लागि आग्रह गरिन् ।
आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले महिलाविरुद्ध हिंसा निवारण, महिला सशक्तीकरण, खबर गरौँ ११४५ हेल्पलाइन सेवामार्फत प्रभावितलाई मनोसामाजिक परामर्श, कानूनी सहायता, आश्रयस्थलसम्बन्धी सेवा जनचेतना अभिवृद्धिलगायत क्षेत्रमा अनुगमन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। दिवसका अवसरमा आयोगले पूर्वमन्त्री घले र अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने मुस्कान खातुनलाई सम्मान गरेको छ ।

विसं २०५८ मा स्थापिवत आयोगले लैङ्गिक समानता, सशक्तीकरण र लैङ्गिक हिंसा निवारणमा जोड दिँदै आएको छ । महिला अधिकारको सुनिश्चितता गर्न नेपालको संविधानले आयोगलाई संवैधानिक अङ्गका रुपमा मान्यता दिएको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १५:४७ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...